विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंकमा लगिँदै

२०८० श्रावण ४, बिहीबार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंकमा लगिँदै छ । राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागकै टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । अहिले बिहान १० बजेपछि उक्त सुन राष्ट्र बैंकमा लगेर जोखिनेछ ।

सो प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।“हामीहरूले बरामद सुनको अन्दाजी तौल अनुमान मात्र गरेका छौँ,” उनले भने, “राष्ट्र बैंकमा लगेर जोखेपछि यकिन तौल थाहा हुन्छ ।”

पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । थप अनुसन्धान भइरहेको अधिकारीले बताए । विभागको टोलीले अनुमानित १०० किलो सुन बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार