दुहवीका प्रहरी निरीक्षक चौलागाईं कोशी प्रदेशकै सर्वोत्कृष्ट अधिकृत घोषित

२०८० श्रावण ४, बिहीबार

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक बुद्धिराम चौलागाईं र जवान आयुष राईलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष क्षमता देखाएकाले प्रहरी निरीक्षक चौलागाईं सर्वोत्कृष्ट अधिकृत घोषित भएका हुन् ।

असार महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याएकोमा उनीहरु पुरस्कृत भएको कार्यालयले जनाएको छ ।

चौलागाईं इलाका प्रहरी कार्यालय दुहवी सुनसरी र जवान राई प्रहरी चौकी हरामटार खोटाङमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार