बेलायती सांसदलाई नेपाली फिल्म ‘गोर्खा वारिअर’ हेर्न निम्तो

२०८० श्रावण ६, शनिबार

काठमाडौं: नेपाली फिल्म ‘गोर्खा वारिअर’ हेर्नको लागि बेलायती सांसद डेमियन कोलिन्सलाई निम्तो गरिएको छ । शुक्रबार बेलायती संसद भवन पुगेर फिल्म निर्माता एवं निर्देशक मिलन चाम्सले निम्तो पत्र बुझाएका हुन् ।

नेपाली क्यालेन्डरअनुसार आगामी भदौ २४ गते लण्डनको प्रतिष्ठित लिसेस्ट स्क्वायरमा दोस्रो विश्वयुद्धको कथावस्तुमा आधारित उक्त फिल्मको रेडकार्पेट प्रिमियर हुँदैछ । सांसद कोलियन्सलाई निम्तो बुझाउन अभिनेता रितेश चाम्स र निर्माता सुमन राई पनि संसद भवन पुगेका थिए ।

सांसद कोलिन्समार्फत बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई पनि विशेष निम्तो कार्ड पठाइएको निर्देशक चाम्सले बताए । भेटमा कोलिन्सलाई फिल्मबारे जानकारी गराउँदै ट्रेलरसमेत देखाइएको थियो ।

‘हाम्रो टिमले बेलायतको संसद भवनमा पुगेर पुगेर कोलिन्सज्यूलाई निमन्त्रणा गरेपछि उहाँले गोर्खा वारियरको प्रिमियरमा आउने बचन दिनुभएको छ’ चाम्सले भने ।

चाम्सका अनुसार प्रिमियरमा हलिउड सेलिव्रिटी र वितरकसँगै बेलायती राजपरिवारका सदस्यहरु, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सैनिकका जनरल, ब्रिटिस गोर्खा सैनिकका अधिकृत सहभागि हुने भएका छन् । फिल्ममा रितेश चाम्ससहित विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरुप घले, सारा राई लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्मलाई लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार