देशको राजनीतिक अवस्था खराब छः विजयकुमार गच्छदार

२०८० श्रावण ९, मंगलवार

काठमाडौँ : नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरिमा फसेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए। नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि उनले बताए। उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए।

उनले भने, ‘केन्द्रिय कार्यसमितिको बैठक ६ दिनसम्म लगातार चल्यो, हिजो बोल्ने क्रम सकिएको छ, भोलि निर्णय सार्वजनिक हुँदैछ, बैठकको प्रत्यक्ष प्रशारण भयो, ऐतिहासिक मानिएको छ। बैठक महत्वपूर्ण भएको छ। समय अभावका कारण नेताहरुले आफ्ना सबै भनाइहरु राख्न पाएनन्। ७ मिनेटमा बोल्न धेरै गाह्रो थियो।

नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरिमा फसेको छ। नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ। नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ।

नेपाली काँग्रेसको पाइलट सभापति हो, अरु पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन्। गुट, उपगुटमा नेपाली काँग्रेस नेपाली काँग्रेस नराम्रोसँग फसेको छ। देशको राजनीतिको अवस्था खराब छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार