अमरेशको निर्वाचन क्षेत्रमा आरजुको शक्ति प्रदर्शन

२०८० श्रावण १०, बुधबार

काठमाडौं : प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले मंगलवार क्षेत्रीय सम्मेलन आयोजना गरेको छ । 

कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । क्षेत्रीय सम्मेलन तथा अगुवा कार्यकर्ता भेलाको नाममा शक्ति प्रदर्शन आयोजना गरिएको हो । रामहरि खतिवडालगायत नेता सहभागी उक्त कार्यक्रमका लागि सयौं कार्यकर्ता उपस्थित गराइएको छ ।

अमरेशको क्षेत्रमा आरजुलाई नै मुख्य अतिथि बनाएर कांग्रेसले शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय अमरेशले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’को संज्ञा दिँदै उनी देशका भ्रष्टाचार काण्डहरूमा संलग्न भएको आरोप लगाउँदै आएका छन् । 

आफूलाई गणतन्त्रकी पम्फादेवी भन्दै सार्वजनिक बेइज्यत गरेको भन्दै आरजुले अमरेशविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छिन् । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले टिकट नदिएको झोकमा अमरेशले आफूविरुद्ध अनर्गल प्रचार र गाली गरेको आरजुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार