एमालेले सुन काण्डको छानबिन नहुँदासम्म संसद् चल्न नदिने

२०८० श्रावण १५, सोमबार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद् अवरोध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने भएको हो।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि बालुवाटारमा छलफल भएको थियो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भएको बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे पनि कुराकानी भएको थियो।

प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार