आज पनि एमालेले संसद्‌अवरोध कायम राख्ने

२०८० श्रावण १६, मंगलवार

काठमाडौं : नेकपा एमालेले मंगलबार पनि संसद्‌को अवरोध कायम राख्ने भएको छ। सरकारले आफ्नो मागलाई लिएर गम्भीरता नदेखाएको भन्दै एमालेले संसदको अवरोध जारी राख्ने भएको हो। एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकार संसद् चलाउने पक्षमा नरहेको आरोप लगाए। उनले भने, ‘सरकार संसद् चलाउने पक्षमा देखिएन। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने हाम्रो अडान कायम छ।’

१०० किलो सुन विमानस्थलबाहिर पक्राउ परेको विषयलाई लिएर एमालेले साउन १० गतेदेखि संसद अवरोध गरिरहेको छ। उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदलाई नियमित कार्यसूचीमा प्रवेश गर्न रोकेपछि सभामुख देवराज घिमिरेले १५ गतेसम्मका लागि स्थगित गरेका थिए। साउन १५ गतेको कार्यव्यवस्था समितिमा गतिरोध अन्त्यका विषयमा सहमति नजुटेपछि मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। यो बीचमा कुनै संवाद र प्रगति नभएको बर्तौलाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार