काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख १२ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १४ सय ६० रूपैयाँ कायम भएको छ ।





