खाजाघरको आडमा यौन धन्दा चलाएको आरोपमा एक महिला पक्राउ

२०८० श्रावण २०, शनिबार

पोखरा : प्रहरीले नाबालिग किशोरी र युवतीहरूलाई कामदारको रूपमा राख्ने र जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–८ सिर्जनचोकमा रोशन खाजाघर चलाउने ३७ वर्षीया पार्वती काराखेतीलाई  पक्राउ गरेको हो ।

उनलाई बिहीबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए । उनलाई पक्राउ गरेसँगगै प्रहरीले १८ वर्षीया एक किशोरीको उद्धार गरेको छ । खाजाघरमा प्रहरीसँगै वडाका जनप्रतिनिधि र शुभअवसर ग्राम नामक संस्थाका पदाधिकारी पनि पुगेका थिए । पार्वती पक्राउ परे पनि उनकी छोरी भने फरार छन् ।

प्रहरीका अनुसार पार्वतीका आमाछोरीले खाजाघरमा कामदार राख्ने र यौन धन्दामा लगाउने गर्थे । बैदाम प्रहरीका अनुसार पक्राउ परेका पार्वतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार