गोठमा बाधेको गाईलाई पटकपटक बलत्कार गर्ने युवक पक्राउ

२०८० श्रावण २१, आईतवार

धनगढी : कैलालीको धनगढीमा गाई करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१८ फूलबारीका ३५ वर्षीय युवकलाई उक्त आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई स्थानीय एक महिलाको उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । ती युवकले गाईलाई करणी गरेको भन्दै बहुलीया ईलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार