खाँण र गुरुङले पनि हिरासत बाहिरबाटै मुद्दा लड्न पाउनुपर्छ : सुनिल शर्मा

२०८० श्रावण २६, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले ललिता निवास जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले पनि हिरासत बाहिर बसेर अनुसन्धान गर्न पाउनुपर्ने बताएका छन्। 

सीआईबीको हिरासतबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्। ‘मीनबहादुर जस्ता मान्छेहरु भित्रै छन्। उनीहरुले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ,’ उनले भने, ‘बालकृष्ण खाँणले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ। किनभने उहाँहरु भगौडा होइन।’

साथै, उनले आफूले न्याय पाएको भन्दै धेरै मान्छेले न्याय पाउनपर्ने बताए। ‘आज न्याय मैले पाएको छु। धेरै मान्छेले न्याय पाउनपर्छ,’ शर्माले भने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार