कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

२०८० श्रावण २७, शनिबार

सिड्नी : कोलम्बियालाई सङ्घर्षपूर्ण खेलमा हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा इंग्ल्याण्ड २–१ गोलले विजयी बनेको हो ।

युरोपियन च्याम्पियन टोली खेलको ४४ औँ मिनेटमा पछि परेको थियो । कोलम्बियाकी लेइसी सान्तोसले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, लगत्तै लरेन हेम्पले बराबरी गोल फर्काइन् ।

दोस्रो हाफमा आर्सनलकी स्ट्राइकर एलेसिया रुसोले गोल गर्दै टोलीलाई जीत दिलाइन् । प्रतियोगितामा रुसोको यो दोस्रो गोल थियो । अब इंग्ल्याण्डले सेमिफाइनलमा आयोजक अस्ट्रेलियाको सामना गर्नेछ । अस्ट्रेलियाले शनिबार नै फ्रान्सलाई हराउँदै पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार