६ वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्ने

२०८० श्रावण ३२, बिहीबार

काठमाडौं : चुक्ता पुँजि नपुर्याउने आधा दर्जन बीमा कम्पनीलाई हकप्रद सम्बन्धी प्रक्रिया अघि बढाउन नेपाल बीमा प्राधिकरणले सहमति दिने निर्णय गरेको छ । हिजो बसेको बीमा प्राधिकरणको बोर्ड बैठकले मर्जरपछि पनि चुक्ता पुँजि नपुगेका जीवन बीमा कम्पनीहरु सूर्यज्योति, सानिमा रिलाइन्स, प्रभु महालक्ष्मी लाईफ र निर्जीवन बीमा कम्पनीहरु अजोड युनाइटेड इन्स्योरेन्स, हिमालयन एभरेष्ट तथा सानिमा जिआईसीलाई हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाउन सहमति दिने निर्णय गरेको हो ।

प्राधिकरणको सहमतिसँगै अब उक्त छ वटा बीमा कम्पनीहरुले हकप्रद सम्बन्धी प्रक्रिया अघि बढाउनेछन् । बीमा प्राधिकरणले २०७८ साल चैत्र १० गतेदेखि नयाँ निर्देशन जारी गर्र्दै २०७९ चैत्र भित्रमा जीवन बीमा कम्पनीका लागि पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम्् चुक्ता पुँजि हुनुपर्ने व्यवस्था लागू गरेको थियो । सोही व्यवस्था अनुसार मर्जरमा गएर चुक्ता पुँजि नपुगेकाहरुलाई हकप्रदमा जाने बाटो खुल्ला गरिदिएकोे हो ।

उल्लेखित कम्पनीहरु मध्ये सूर्यज्योति लाइफको चुक्ता पुँजि १० प्रतिशत, सानिमा रिलायन्स लाइफलार्ई १९.५० प्रतिशत, प्रभु महालक्ष्मी लाइफलाई २१.७५ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई ११.६१ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीलाई २६.२६ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिने निर्णय भएको बीमा बोर्डका एक सदस्यले बीमापोष्टलाई जानकारी दिए । यद्यपि सो निर्णयको माईन्यूट भने तयार गर्न बाँकी छ ।

चुक्ता पुँजि अपुग हुने बीमा कम्पनीहरु मध्येमा सुर्यज्योति, हिमालयन एभरेष्ट इन्स्योरेन्सले चुक्ता पुँजि पुर्याउन हकप्रद जारी गरिहाल्नुपर्ने अवस्था भने छैन । उनीहरुलाई तोकिएको चुक्ता पुँजि पुर्याउन बोनस शेयरबाट समायोजन गर्न दिने हो भने चालु आर्थिक वर्षभित्रैमा सम्भव देखिएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मर्जरमा स्वाप रेसियो समायोजन गर्दा दुई अर्ब ४२ करोडबाट घटेर दुई अर्ब ३० करोडमा झरेको थियो । सो कम्पनीलाई गत आवको मुनाफाबाट चुक्ता पुँजि पुर््याउन सक्ने अवस्था छ । त्यस्तै, सूर्यज्योतिलाइफलाई समेत पाँच अर्बको चुक्ता पुँजि पुर्याउन हकप्रदको साटो बोनस शेयरबाटै पनि सम्भव छ । सो कम्पनीको चार अर्ब ९७ करोड दुई लाख चुक्ता पुँजि हाल मर्जर पश्चात स्वाप रेसियोमा मिलान हुँदा चार अर्ब ५५ करोडमा झरेको छ । उक्त कम्पनीको आव २०७७।०७८ र २०७९।०८० को मुनाफा वितरण गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार