बर्दिया : श्रीमतीको हत्या आरोपमा बर्दिया प्रहरीले बिहीबार बढैयाताल गाउँपालिका वडा नम्बर १ सानोडाँफे बस्ने ५० वर्षीय कृपाल सुनारलाई पक्राउ गरेको छ ।
घरनजिकै धान खेतमा घाँस काटिरहेको अवस्थामा सुनारले ४० वर्षीया श्रीमती केस कुमारी बिकलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको खबरपछि प्रहरी चौकी जमुनी तथा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले सुनारलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।