राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता

२०८० भाद्र ३, आईतवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । 

भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । यस्तै भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ । 

 सिग्देलका अनुसार देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने र जनतालाई न्यायको अनुभूति दिलाउन चाल्नुपर्ने आवश्यक कदमका विषयमा उनीहरुबीच छलफल भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार