बेवारिसे अवस्थामा नवजात शिशु फेला

२०८० भाद्र ४, सोमबार

बाजुरा : जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि आज नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो । नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिए । झाडीमा नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

नवजात शिशु बालक रहेको बताए । नवजात शिशु कसले फालेको हो, भन्ने बारेमा जानकारी प्रहरीले लिइरहेको छ । नवजात शिशुलाई झाडीमा फाल्ने महिलाको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार