काठमाडौँ : राप्रपा नेपालको वरिष्ठ नेतामा वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ विष्णु भट्टराई मनोनीत भएका छन् ।
राप्रपा नेपालको विधान बमोजिम अध्यक्ष कमल थापाले भट्टराई (काठमाडौँ) लाई पार्टीको वरिष्ठ नेता पदमा मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जनाएका छन् ।






