सामान्य अवस्थामा फर्कियो धरान

२०८० भाद्र ११, सोमबार

धरान : निषेधाज्ञाको समय सकिएपछि धरान सामान्य अवस्थामा फर्किएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको समय सकिएपछि आइतबार बिहानदेखि नै धरान सामान्य अवस्थामा फर्किएको हो ।

निषेधाज्ञाका कारण शनिबार धरानमा दिनभर बजार, यातायात, स्कुल प्रायः ठप्प थिए । हिन्दू धर्मावलम्बीले गाईगोरु काटेको विरोधमा गौरक्षाका लागि र्‍याली निकाल्न भन्दै देशभरिबाट धरान आउने र पहिचानवादीले उक्त र्‍यालीको प्रतिकार गर्ने तयारी गरेपछि अप्रिय घटना हुने खतरा बढेको थियो । तर, जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेपछि र्‍याली धरान प्रवेश गर्न पाएन र शनिबार दिउँसो धरान शान्त रह्यो ।

आइतबार बिहानैदेखि बजार खुलेको छ भने सवारीसाधन पनि नियमितजस्तै सञ्चालनमा आएका छन् । प्रजिअ हुमकला पाण्डेले धरानको जनजीवन सामान्य अवस्थामा रहेको बताएकी छिन् ।चर्च र मन्दिरसम्बन्धी विवाद बढ्दै गएर प्रशासनले निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएपछि त्यसलाई समाधान गर्न भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दुवै पक्षलाई राखेर छलफल सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार