सचिवमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

२०८० भाद्र ११, सोमबार

काठमाडौं : निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरु दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो । ३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटक-पटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दुस्थित महावाािण्ज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।

सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार तीनजनामध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार