गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो, ८ जनाको उद्धार

२०८० भाद्र १३, बुधबार

पाल्पा : पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरोले च्यापेको हो ।

जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ। गाडी भित्र अझै २ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार