त्रिशाला गुरुङ लेख्छिन: एसिया कपको उद्घाटन समारोहमा प्रस्तुति दिन पाउँदा सम्मानित महसुस गरेकी छु!

२०८० भाद्र १३, बुधबार

काठमाडौं : गायिका त्रिशाला गुरुङले एसिया कपको उद्घाटन समारोहमा प्रस्तुति दिन पाउँदा सम्मानित महसुस गरेको बताएकी छिन् । त्रिशालाले बुधवार आफ्नो फेसबुकमा पोस्ट गर्दै उनले यसबारे लेखेकी छिन् ।

त्रिशालाले रातो र चन्द्र सूर्य बोलको गीतसहितको एउटा भिडियो पोस्ट गर्दै लेखेकी छिन्, ‘आज पाकिस्तानको मुल्तान स्टेडियममा टिम नेपाल र सम्पूर्ण नेपाली खेलकुद समुदायका लागि ऐतिहासिक दिन हो । खेलप्रतिको मायालाई सबैले समर्थन गरौँ । यो गीत हाम्रो राष्ट्र र टोलीको लागि प्रस्तुत गर्न पाउँदा धेरै सम्मानित महसुस गरिरहेको छु । यद्यपि, यो विश्वव्यापी प्रसारकहरूको निश्चित नीतिहरूको कारणले प्रत्यक्ष प्रसारण नहुन सक्छ । जे होस्, हाम्रो टोलीलाई हाम्रो हृदयदेखि नै माया र सम्मान छ । जय नेपाल ! यो गजबको रचनाको लागि स्वर्गीय अम्बर गुरुङ सरलाई धन्यवाद । यो गीत गाउन आधिकारिक अनुमति दिनुभएकोमा उहाँको परिवारलाई पनि धन्यवाद ।’

एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन समारोहमा त्रिशाला गुरुङले आफ्नो प्रस्तुति दिँदै छिन् । उक्त समारोहमा पाकिस्तानकी गायिका आइमा बेगमको पनि प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार