पोलिक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ

२०८० भाद्र १३, बुधबार

काठमाडौं : कञ्चनपुरको पुनर्वास नगरपालिका–३ स्थित बीएन पोलिक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् । 

पोलिक्लिनिकका सञ्चालक बर्दियाको बारबर्दिया नगरपालिका–२ घर भएका ३२ वर्षीय सागर केसीसमेत सातजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ८३५ रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार