६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

२०८० भाद्र १८, सोमबार

काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकलाई सहयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुटवल घर भएका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद भएको थियो । प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीले पाएयता यसमा हालसम्म २५ जना पक्राउ परिसकेका छन् ।

अहिले अनुसन्धानका लागि सीआईबीले सुन ल्याइएको हङकङ र सुनको गन्तव्य भारत दुवैमा अनुसन्धान टोली खटाएको छ । हालसम्म सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार