तस्करी र सरकार सँगसँगै रहन सक्दैन : गृहमन्त्री श्रेष्ठ

२०८० भाद्र २०, बुधबार

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र सरकार सँगसँगै रहन नसक्ने बताएका छन् । 

चितवनको माडीस्थित सामुदायिक रेडियो माडी एफएमको १३औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताएका छन् ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार तथा मुलुकमा व्याप्त दण्डहीनताको अन्त्यका लागि सरकारले चालेको कदम कुनै हालतमा नरोकिने बताए । देशमा व्याप्त भ्रष्टाचार अन्त्यको लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । 

उनले देशमा भएको राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार