त्रिवि शिक्षण अस्पतालले माग्यो ५० जना स्टाफ नर्स

२०८० भाद्र २२, शुक्रबार

काठमाडौं : त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी ५० जना स्टाफ नर्सका लागि आवेदन मागेको हो।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएका १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिलाहरूले आवेदन दिन सक्नेछन्। पुरूषहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन दिन असोज ६ गतेसम्मको समय निर्धारण गरिएको छ। आवेदनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सकिनेछ ।

हेर्नुहोस् विज्ञापन:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार