सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालकसँग सीआईबीले बयान लियो

२०८० भाद्र २४, आईतवार

काठमाडौँ : ६० किलो सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएको छ । यसअघि पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङसँग सम्पर्क देखिएको भन्दै सीआईबीले उनीसँग बयान लिएको हो ।

उनी बयानका लागि आइतबार बिहान सीआईबीमा आएको र आवश्यक बयान लिने काम भएको एक अधिकारीले जानकारी दिए । हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन गत साउन ३ मा राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा अहिले सीआईबीले अनुसन्धान गर्दै आएको छ । हालसम्म सुन तस्करी प्रकरणमा ३० जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार