पोखरा : गत ८ गते यता मणिपाल शिक्षण अस्पतालमा उत्पन्न तनाव ६ बुँदे सहमति गर्दै गत बिहीबार टुंगिएको बताइएको थियो ।
मणिपाल प्रकरणमै शुक्रबार साँझ प्रहरीले फेरि ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।
साम्य भएको भनिएको मणिपाल घटनामा फेरि किन युवाहरु पक्राउ परे त ? अहिले यो प्रश्न उठिरहेको छ । चिकित्सक र आफन्तबीच ६ बुँदे सहमति भइसकेको भए पनि अस्पताल तोडफोड गर्ने, अपशब्द बोल्ने र गुण्डागर्दी शैली देखाउनेलाई प्रहरीले पक्राउ परेकोे बताइरहेको छ ।
त्यतिमात्र होइन, आक्रमण तथा तोडफोड उत्रिएकाहरुलाई पक्राउ नगरेसम्मम केन्द्रमै चिकित्सक र सरकारबीच वार्ता मिल्ने अवस्था नदेखिएपछि गृह मन्त्रालयले नै यस घटना अनुसन्धान गरी जो-जो दोषी देखिन्छन्, पक्राउ गर्न निर्देशन नै जारी गरेको हो ।
आफन्तको आन्दोलनमा घुसपैठ भएको प्रहरीको अनुसन्धानले देखाएको स्रोतले बताएको छ ।