
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ ।
आइतबार राप्रपाका नेताहरुले प्रतिष्ठानका उपकुलपति भुपाल राईसँग भेटगरी शब्दकोशबाट ॐ शब्द नहटाउन आग्रह गरेको हो । ॐ हटाउन खोजिएको बारे सत्यतथ्य बुझ्न वरिष्ठ उपाध्यक्ष तथा संसदीय दलका उपनेता बुद्धिमान तामाङको नेतृत्वमा राप्रपाका नेताहरुले प्रतिष्ठानसँग छलफल गरेका हुन् ।
त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति राईले ॐ शब्द हटाउने हल्लामा कुनै सतयता नरहेको बताएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
