९१ वर्षीया वृद्धा त्रिशूलीमा हामफालेर बेपत्ता, पैसाको थैली र चप्पल किनारमा भेटियो

२०८० आश्विन १७, बुधबार

काठमाडौँ : नुवाकोटको बिदुर नगरपालिका-५ त्रिवेणी घाटबाट एकजना ९१ वर्षीया वृद्धाले त्रिशूली नदीमा हामफालेर बेपत्ता भएकी छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार नुवाकोटकै बिदुर नगरपालिका-५ बस्ने ९१ वर्षीया पुतली अधिकारी त्रिशूलीमा हामफाले बेपत्ता भएकी हुन्।

आफूले लगाएको चप्पल, लौरो र पैसा राख्ने थैली किनारमा राखेर उनले त्रिशुली नदीमा हामफालेर बेपत्ता भएकी हुन्। वृद्धाले त्रिशूलीमा हामफालेको स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरी चौकी देवीघाटको टोली, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयबासीले खोजी गरे पनि उनलाई फेला पार्न सकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार