सगरमाथा आरोहणमा हिँडेका एक नेपालीसहित दुई जनाको मृत्यु

२०८० आश्विन २१, आईतवार

काठमाडौँ : तिब्बती रुटबाट सगरमाथा आरोहण गर्न गएका एक अमेरिकी र नेपाली पर्वतारोहीको हिमपहिरोमा परी मृत्यु भएको छ। तिब्बती हिमाल शिशापाङ्माको हिमपहिरोमा परी अमेरिकी पर्वतारोही अन्ना गुटु र नेपाली गाइ मिङ्मार शेपाएको मृत्यु भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

शनिबार ७ हजार ६ सय र ७ हजार मिटरको उचाइमा आएको दुईवटा हिमपहिरोमा परेर उनीहरूको मृत्यु भएको सिन्ह्वाले उल्लेख गरेको छ।

त्यस्तै, अर्की एक अमेरिकी पर्वतारोही जिना मेरी रजुसिडलो र नेपाली गाइड तेन्जेन शेर्पा बेपत्ता भएको समाचारमा उल्लेख छ।

करिब ८ हजार मिटरको उचाइमा रहेको शिशापाङ्मालाई सजिलो पहाडमध्ये एक मानिन्छ। पर्वतारोहीहरूले यसलाई ‘आठ हजार’ भनेर पनि चिन्ने गरेका छन्। हिमपातका कारण सबै सो मार्गमा आरोहण ठप्प छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार