जारको पिउने पानीमा लामखुट्टेको लार्भा, १ लाख जरिवाना

२०८० आश्विन २३, मंगलवार

काठमाडौं : काठमाडौं महानगरपालिकाले जारको पिउने पानी उत्पादन गर्ने एक कम्पनीलाई १ लाख जरिवाना गरेको छ ।

अनुगमनका क्रममा त्रिवेणी वेभरेज इण्डस्ट्रिजले उत्पादन गर्ने जारको पानीमा लामखुट्टेको लार्भा फेला परेपछि महानगरले १ लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरको अनुगमन टोलीले बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योगमा गएर अनुगमन समेत गरेको महानगरका अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए ।

अनुगमनको क्रममा उद्योग क्षेत्रमा समस्या नदेखिएपनि जार फोहोर भएको कारणले लार्भा बसेको हुनसक्ने भन्दै जरिवाना तिराइएको उनले बताए । ‘जारको पानी भर्दा अबदेखि निर्मलीकरण गरेर मात्रै भर्न उद्योगलाई सचेत गराइएको छ,’ झाले भने ।

पानीको ल्याब रिपोर्ट प्रत्येक महिना पानी ढुवानीकर्तालाई दिन उद्योगलाई निर्देशन दिने काम भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार