काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् ।
घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





