कार्की समूहलाई हामी एकपटक अनुरोध गर्छौं निर्णय फिर्ता नलिए कारबाही : उद्धव थापा

२०८० आश्विन २५, बिहीबार

काठमाडौं : कोशी प्रदेशमा गठबन्धन र दलको निर्णय विपरीत मुख्यमन्त्रीमा शेखर समूहले केदार कार्कीलाई अघि बढाएपछि कांग्रेसभित्र भाँडभैलो भएको छ । 

बिहीबार कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा निर्णय भएको थियो ।  उक्त निर्णय विपरीत शेखर समूहले एमालेको सहयोगमा कार्कीलाई मुख्यमन्त्रीमा अघि बढाएको हो । 

प्रदेश सभापति समेत रहेका संसदीय दलका नेता उद्धव थापाले दलको ह्विप नलाग्ने भए पनि शेखर समूहको गतिविधिमा पार्टी अनुशासन लाग्ने बताए । उनले एकपटक दाबी फिर्ता लिन आग्रह गर्ने र त्यसो नभए कारबाही गर्ने उनले बताए । 

“पार्टीको निर्णय विपरीत उहाँहरु जानुभयो । यसम ह्विप नलागे पनि पार्टी अनुशासन लाग्छ । हामी एकपटक अनुरोध गर्छौं । फिर्ता नभए दलको विधानअनुसार कारवाही हुन्छ,” थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार