मिसन ८४ पछि एमालेको एकल बहुमतको सरकार : केपी ओली

२०८० आश्विन २९, सोमबार

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ पछि एकल बहुमतको सरकार बन्ने दावी गरेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । 

उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए । उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । 

अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको उनले बताए । उनले आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताए । काँग्रेसको कुनै नीति र विधि नरहेको टिप्पणी गर्नृभयो । उनले भने, ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढीरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो ।’ 

“हामी जनताबीचमा जानुपर्छ, सम्झाउनु पर्छ र हामीले जनताबाट मत प्राप्त गर्नुपर्छ । बहुमत किन आउँदैन ? हरेक वडामा ५१ प्रतिशत, हरेक टोलमा हाम्रो संगठन, हरेक घरमा सदस्य, त्यो काम गर्नुपर्छ” अध्यक्ष ओलीले थपे, “कम्युनिष्ट पार्टीले आफू र आफूनिकट अवयवलाई सक्रियतापूर्वक सञ्चालन गर्नुपर्छ । योजनावद्ध तरिकाले लाग्नुपर्छ ।” 

पार्टी पुरानो बुढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बुढो हुन्छ । आफूलाई अध्यावधिक गर्न सकेन भने बुढो हुन्छ  उनले भने, “हामी नेपाली काँग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बुढो हुन्छभन्दा नेपाली काँग्रेसलाई हेरौं ।” अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी कहिल्यै पुरानो नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार