लुटेको एक लाख नगदसहित दुई युवक पक्राउ

२०८० कार्तिक १, बुधबार

दाङ : दाङको तुलसीपुरबाट लुटेको एक लाख नगदसहित दुई जना युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ सम्झना टोलका २१ वर्षीय आयुष विक र सोही ठाउँका १८ वर्षीय सुनिल मगर बुधबार दिउँसो पक्राउ परेका हुन्।

बुधबार दिउँसो १ तुलसीपुर-८ का दिनेश वलीले बैंकबाट एक लाख रुपैयाँ निकालेको देखेपछि उनीहरूले पिछा गरेका थिए।उनीहरूले वलीको मोबाइल र एक लाख नगद पनि लुटेर भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए।

लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी खटिएको थियो। बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्यका अनुसार लुटपाट पछि उनीहरू भागेका थिए। पछि प्रहरीले उनीहरूलाई तुलसीपुर-१० राइखल्यान क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार