काठमाडौं : काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।
अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो ।
‘जति धेरै पेट्रोल भर्यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो,’ उपाध्यायले भने, ‘५ लिटर पेट्रोल भर्दा ठिकै देखियो । १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो ।’





