प्रहरीद्वारा घरेलु मदिरा नष्ट

२०८० कार्तिक १०, शुक्रबार

सप्तरी : सप्तरीको विष्णुपुर गाउँपालिकामा घरेलु मदिरा तथा भट्टी नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज न्यौपानेले कच्चा पदार्थ ८०० लिटर र तयारी घरेलु मदिरा १२५ लिटर नष्ट गरिएको जानकारी दिए ।

 

उनका अनुसार विष्णुपुर गाउँपालिका–१ का राजदेवि सदाले सञ्चालन गरेको घरेलु मदिरा उत्पादन गर्ने (भट्टि) लाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोलीले शुक्रबार नियन्त्रणमा लिई उक्त घरेलु मदिरा नष्ट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार