व्यावसायी अंगद सिंह अस्वस्थ

२०८० कार्तिक १२, आईतवार

काठमाडौं : व्यावसायि तथा समाजसेवी अंगद सिंह अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। पारिवरिक स्रोतका अनुसार अंगद सिंहको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको छ।

जन्डिसका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको बताइएको छ। पहिलेदेखि नै उनी कलेजो सम्बन्धी रोगका कारण पीडित थिए।

उनी चर्चित व्यावसायि प्रीतम सिंहका नाति हुन्। उनी र उनको परिवार नेपालमा विभिन्न व्यापार व्यवसाय र समाजसेवामा संलग्न रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार