बारामा शिक्षक हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ

२०८० कार्तिक १३, सोमबार

काठमाडौं : बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक रुपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाराले कलैयाबाट एक जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । ‘अहिले बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ’, सापकोटाले भने, ‘थप खुलेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ ।’

सोमबार दिउँसो पाने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार