मेरो भाइको कसैसँग प्रेम थिएन प्रहरीले पन्छिन हाम्राे बदनाम गर्दैछ : भोला सर्राफ

२०८० कार्तिक १५, बुधबार

काठमाडौं : तीन दिन अगाडि बारा कलैया ६ का रुपेश स्वर्णकार हत्याकाण्डमा संलग्न रहेको भन्दै ५ जनालाई पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ । बारा प्रहरी प्रमुख सुरेश काफ्लेले आज पत्रकारसम्मेलन गरी २ जना भारतीयसहित ५ जनालाई सार्वजनिक गरेका हुन् ।

प्रहरीले हत्यामा सहयोगी भूमिका रहेको भन्दै भारत विहार घोडासहनका अभिनव कुमार राजपुत, चन्दन कुमार र बारा कलैयाका रियाज अन्सारी तथा जामिल अख्तर तथा प्रेमीका भनिएका राधा गुप्तालाई सार्वजनिक गरेको हो । प्रहरी प्रमुख काफ्लेले पक्राउ परेकाहरु सहयोगी भूमिका मात्रै रहेको र मुख्य सुटरहरु भने फरार रहेको बताएका छन् ।

पक्राउ परेकाहरुमध्ये भारतीय दुबैजना ‘मुख्य सुटर’ नभएको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए । उनका अनुसार पक्राउ परेका भारतीयहरु मुख्य सुटरलाई सूचना अदानप्रदान गर्ने काम मात्रै गरिरहेका थिए । तर मुख्य सुटर भने अहिलेसम्म पक्राउ परिनसकेको उनले जनाए । उनले भने, ‘घटनामा सहयोगी भूमिका निर्वाह गर्नेहरु अहिलेसम्म पक्राउ परेका छन, बाँकी मुख्य योजनाकार र सुटरको खोजी भइरहेको छ । त्यो समातिएपछि फेरि हामी अन्तिममा पत्रकारसम्मेलन गरेर जानकारी गराउँछौं ।’ यही सोमबार कलैयाको मदरसा टोलमा स्वर्णकारमाथि भएको गोली प्रहारले मृत्यु भएको हो ।

के भन्छन् मृतकका परिवारजन ?

बारा प्रहरीले पत्रकार सम्मेलनमार्फत प्रेम सम्बन्ध देखाएर सार्वजनिक गरेका धारणाप्रति मृतकका परिवारजनले आपत्ती जनाएका छन् । उनीहरुले प्रहरीको प्रतिक्रियाले झन् हामीलाई पीडा दिइरहेको दुखेसो जनाएका छन् ।

बारा प्रहरीले बुधबार गरेको पत्रकार सम्मेलनपछि मृतकका परिवारले सञ्चारकर्मीहरुसंगको कुराकानीमा प्रहरी अनुसन्धानले चरित्र हनन् मात्रै गरिरहेको र त्यो गलत भएको आरोप लगाएपछि प्रहरी अनुसन्धान विवादास्पद बनेको हो ।

मृतक स्वर्णकारका दाई भोला सर्राफले प्रहरीको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा भनेका छन्, ‘हामी अहिले शोकमै छौ, घरमा दुःखद घटना भएकाले पूरै पीडामै छौं । तर प्रहरीले भनिरहेको प्रेम सम्बन्धको तर्कमा दम छैन । त्यो सरासर प्रहरीको पन्छिने काम मात्रै हो । भाइको कसैसँग प्रेम सम्बन्ध थिएन । कसैले पुष्टि गर्दियो भने हामी सजाय भोग्न तयार छौं ।’

तर प्रहरीले भने जबरजस्ती प्रेम सम्बन्धको कुरा देखाएर घटना मोड्ने काम गरिरहेको छ,’ उनले भने । उनका अनुसार घटना के कारणले भएको हामीलाई समेत जानकारी छैन, आफैं अन्योलमा छौं ।

तर प्रहरीले भने गलत सूचना दिएर भ्रम फैलाइरहेको गुनासो गर्दै मृतकका दाइ भोला सर्राफ भन्छन्, ‘प्रहरीलाई आग्रह छ, कृपया हाम्रो परिवारको बदनाम नगराइदिओस, बरु सत्यतथ्य अनुसन्धान गरेर हामीलाई सहयोग गरोस् । किनभने प्रहरीले समातेकाहरुमध्ये २ जना हाम्रै स्कुलका शिक्षक छन्, जसको कुनै संलग्नता नै छैन । बिना संलग्नता भएकाहरुलाई जबरजस्ती दोषी देखाएर सार्वजनिक गरेपछि प्रहरी अनुसन्धानमाथि त अझ हाम्रो विश्वास उडेको हो ।’

बारा प्रहरीले हत्याका घटनामा संलग्नता रहेको भन्दै बाल एकता बोर्डिङ स्कुलका रियाज अन्सारी र जामिल अन्सारीलाई समेत पक्राउ गरेको छ । तर मृतक स्वर्णकारका दाइ भोलाले यी दुवैको घटनामा कुनै संलग्नता नरहेको बताए । उनका अनुसार यी दुबैजना त भाइलाई लिएर अस्पताल पुगेका थिए । उनले भने, ‘भाइको उपचार चलिरहँदासम्म यी दुई हामीसंगै थिए, तर साँझमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो ।’ जबरजस्ती प्रेम सम्बन्ध देखाएर प्रहरी आफ्नो कमजोरी लुकाउन खोजीरहेको पीडित परिवारको दुखेसो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार