कुशल भुर्तेल आउट

२०८० कार्तिक १७, शुक्रबार

काठमाडौँ : टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन् । उनी आठ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किए  उनलाई यूएईका बलर निलान्श केशवानीले मुहम्मद वसिमद्वारा क्याच गराएका हुन् । उनी आउट हुँदा नेपालले तीन ओभरमा २६ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार