मोटरसाइकल भीरबाट खस्दा पत्नीको मृत्यु, पतिको अवस्था गम्भीर

२०८० कार्तिक २७, सोमबार

काभ्रे : काभ्रेको चौरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन्।

सोमबार साँझ चौरीदेउराली गाउँपालिका-६ बोक्सेमा बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट झण्डै ८० मिटर तल भीरमा खस्दा मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी अन्दाजी ४५ वर्षीया गोमा चौलागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गोमाका पति ४८ वर्षीय डिल्लीप्रसाद चौलागाईं गम्भीर घाइते भएका छन्। मोटरसाइकल सडकबाट झण्डै ८० मिटर तल भीरमा खस्दा पत्नीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते डिल्लीप्रसादलाई प्रहरीले सुरुमा घटनास्थलबाट उद्धार गरी उपचारको लागि स्थानीय धुसेनी शिवालय अस्पतालमा पुर्याएको थियो।

अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारको लागि धुलिखेल अस्पतालको शाखा कार्यालय कात्तिकदेउरालीमा लगिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

ताजा समाचार