काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मेयर बालेनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवत्को प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए। नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने उनको भनाइ छ। उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए।





