बोहोराको घरमा आगलागी, करिब ४० लाखको क्षति

२०८० कार्तिक ३०, बिहीबार

दमक : झापाको दमकमा बुधबार विहान आगलागी हुँदा २ घरसहित ग्वाली जलेर नष्ट भएको छ ।

बुधबार विहानको समयमा दमक ३ स्थित मनबहादुर बोहोरा र सर्मिला कार्कीको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उक्त आगलागीमा परेर बोहोराको ग्वालीमा बाँधेको ४ वटा बाख्रा पनि जलेर मेरका छन् । आगलागीबाट नगद २ लाख २४ हजार, ५ तोला सुनलगायत घरमा रहेको भौतिक संरचनासहित करिब ४० लाख बराबरको क्षति भएको बताइएको छ । घरसहित अन्नपात सबै जलेपछि पीडित परिवार छिमेकीको शरणमा बसेका छन् ।

दमक नगरपालिकाको दमकलको सहायताले विहानपख आगो नियन्त्रणमा आएको थियो । आगलागीका कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार