बाबर आजमको राजीनामासँगै पाकिस्तानले तोक्यो टेस्ट र टी-२० का लागि छुट्टा-छुट्टै कप्तान

२०८० कार्तिक ३०, बिहीबार

काठमाडौं : बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तानले शाहिन शाह अफ्रिदीलाई टी-२० क्रिकेटको नयाँ कप्तान र शान मसुदलाई टेस्ट कप्तान नियुक्त गरेको छ।

निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म ओडीआई कप्तानको नाम तोकेको छैन।

मसूदको कप्तानी जसले एक दशक अघि आफ्नो टेस्ट डेब्यू गरेका थिए। तर केही वर्ष उनी टिममा परेका थिएनन्। पछिल्लो पटक श्रीलंकाविरुद्ध खेलेका उनले ३० टेस्ट खेलेका छन्।

यता २३ वर्षीय अफ्रिदीले अष्ट्रेलियामा भएको टेष्टपछि पाकिस्तान पाँचवटा टी–२० खेल्न न्यूजिल्याण्ड जादा टिमको कप्तानी गर्नेछन् । जुन २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपका लागि उनका लागि कप्तानका लागि अनुभवी हुन ६ महिना समय हुनेछ।

अफ्रिदीले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सको कप्तानी गरेका थिए। कलन्दर्सले उनको नेतृत्वमा दुई उपाधि जित्दै उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थिसयो।

पीसीबीले पनि मसूद र शाहिनलाई कप्तान नियुक्त गरेको केही समयपछि मोहम्मद हाफिज टोली निर्देशक हुने घोषणा गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार