४ दिनदेखि हराइरहेका आमा-छोराको शव भेटियो

२०८० मंसिर २, शनिबार

प्युठान : नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए । उनीहरु हराएको खबर प्रहरीले छिमेकीहरुबाट पाएको थियो । शव भेटिएको खबर पनि प्रहरीलाई स्थानीय बासिन्दाले नै दिएका थिए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार