तरकारीमा राख्ने विषादी सेवनले थापाको मृत्यु

२०८० मंसिर ३, आईतवार

अर्घाखाँची : अर्घाखाँचीको जलुकेमा तरकारीमा राख्ने बिषादी सेवन गर्दा एक जनाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका वडा नम्बर -७ मगराकल्लेरी  निवासी ६० वर्षीय खुमबहादुर थापाको तरकारीमा राख्ने विषादी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतीत सिंह राठोरले बताए ।

गत बुधबार बिहान तरकारीमा राख्ने बिषादी सेवन गरेर गम्भीर बनेका थापालाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक बिक्रम रिजालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार