जीवन बचाउन आग्रह गर्दै २३ वर्षीय महते

२०८० मंसिर ३, आईतवार

काठमाडौँ : दुवै मिर्गौलाले काम नदिने अवस्थामा पुगेपछि जीवन मरणको अवस्थामा पुगेका युवराज महते आफ्नो जीवन बचाउन सहयोग गर्न आग्रह गरेका छन् ।

कलिलै उमेरमा मिर्गौलाले काम गर्न छाडेदेखि ३ वर्ष देखि निरन्तर डाइलोसिस गर्दै आएका उनी रकम अभावले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताए । तत्काल खर्च जुटाउन सके आफ्नै बुवा चन्द्रबहादुर दर्जी मिर्गौला दिने निर्णयमा पुगेका छन् । प्रत्यारोपण गर्न करिब १२ लाख रुपियाँसम्म खर्च लाग्ने अस्पतालले बताएपछि आफूहरू खर्च अभावले छटपटिएको बुवा चन्द्रबहादुरले बताए। छोराको जीवन बचाइदिन उनले सबैलाई सहयोगका लागि आग्रह गरे ।

खाँदबारी नगरपालिका– ३ सङ्खुवासभा निवासी महते विगत चार वर्षदेखि मिर्गौलाका रोगी भएका हुन् । उनका लागि ९८४२३३५३१० नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार