कम तौल भएको सुविधा ग्यासले तिर्यो दुई लाख जरिवाना

२०८० मंसिर ५, मंगलवार

इनरुवा : सुनसरीको इनरुवा नगरपालिकाले मारुती ग्यास उद्योग (सुविधा ग्यास)लाई दुई लाख रुपियाँ जरिवाना तिराएको छ ।

मारुती ग्यास उद्योग प्रा.लि. दुहवी ८ ले उत्पादन गरेको सुविधा ग्यास तौलमा कम भएको अनुगमनको क्रममा पाइएकाले बारबाही गरिएको इनरुवा नगरपालिकाले जनाएको छ । इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले असोज २५ गते इनरुवा बजारमा गरेको अनुगमनका क्रममा सुविधा ग्यासको ८० प्रतिशत सिलिन्डरमा कम तौल फेला परेकाले कारबाही गरेको थियो ।

ग्यास कम्पनीले कारबाही अनुसारको जरिवाना बुझाएको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार