भोजपुर : भोजपुर नगरपालिका–७ कोदारमा जिल्लाकै बहुप्रतिष्ठित अन्तराष्ट्रिय स्तरको रंगशाला निमार्ण सम्पन्न भएको छ । रंगशालाका लागी आवश्यक संरचनाहरु ग्राउन्ड फिलिङ, प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालय निमार्ण सम्पन्नसगैँ रंगशालाको निमार्ण कार्य सम्पन्न भएको हो ।
रंगशाला निमार्णका लागी शहरी विकास कार्यालय धनकुटा मार्फत रायमाझी मार्सेली जेभीले करिब १४ करोड पाँच लाख २६ रुपैयाँ लागतमा २०८० जेठ १८ गते निमार्ण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार काम सम्पन्न भएसगैँ ठेकेदार पक्षले जिल्ला समन्वय समिति भोजपुरलाई रंगशालाको चाबी हस्तान्तरण गरेको छ । करिब २७ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ एक सय दुई मिटरको लम्बाई र पश्चिमतर्फ एक सय पाँच मिटरको लम्बाइ छ ।
रंगशालाको चाबी लिएसगैँ रंगशालालाई दिर्घकालीन सञ्चालन तथा संरक्षण गर्न रणनैतीक कार्ययोजना बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङले बताए। भने रंगशाला निमार्णसगैँ भोजपुरले खेल क्षेत्रमा उत्कृष्ट प्रर्दशन तथा खेलाडी उत्पादनमा टेवा पुग्ने समेत प्रमुख थुलुङ जानकारी दिए ।
यता, भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले रंगशालाको पुर्णतासगैँ भोजपुरको खेल क्षेत्रमा एउटा आयाम थपिएको बताए । उनले भने,“जिल्लामा खेल क्षेत्रको विकासका लागी भोजपुर रंगशाला कोसे ढुङगा सावित हुनेछ । जिल्लामा भएका खेलाडिहरुको प्रोत्साहन तथा उत्साहका लागी नगरले साना तथा ठुला खेल मैदान निमार्ण गरेको छ तर बार्षीक रुपमा नगरले सञ्चालन गर्दै आएको आमन्त्रीत मेयर गोल्डकप प्रतियोगीता सञ्चालन गर्न लगायत अन्य ठुला खेलकुद प्रतियोगीता सञ्चालन गर्न थप सहजहुने समेत मेयर आलेले बताए ।”
यता, भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जय बहादुर तामाङले रंगशाला निमार्णसगैँ खेलकुद क्षेत्रको विकास, वडास्तरमा आर्थिक तथा भौतीक संरचनाको विकासहुने बताए । त्यस्तै जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले पुर्वी पहाडि जिल्लामै उत्कृष्ट अर्थात ११ साइजको खेलमैदान (रंगशाला) निमार्णभएसगैँ खेलाडि तथा आयोजकहरुलाई खेलकुदका कार्यक्रम सञ्चालन गर्न सहजहुने बताए । साथै उहाले रंगशालालाई दिर्धकालिन रुपमा सञ्चालन, संरक्षण र सम्र्वधन गर्न सरोकारवालाहरुले विशेष ध्यान दिन आवश्यक रहेको समेत उल्लेख गरे ।
भोजपुरले ब्याटमिन्टनमा एकै परिवारका नङशला देवी, रत्नजित र सरादेवी तामाङ सहित विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नविन श्रेष्ठ, म्याराथुनमा मिरा राई, करातेका मोहन कुमार राई, भलिवलका जोसन श्रेष्ठ, दुर्ज कुमार राई, उसुका सर्मीला राई लगायत थुप्रै राष्ट्रिय एंव अन्तराष्ट्रिय खेलाडि उत्पादन भएका छन् । खेल क्षेत्रमा गर्भीलो इतिहास बोकेको भोजपुरले विगत लामो समयदेखी गुणस्तरीय कर्बडहल, रंगशाला तथा खेलमैदान नहुदा जिल्लामा उत्पादन भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरु पलायन हुने पर्ने अवस्था थियो । भोजपुर रंगशाला निमार्ण भएसगैँ आगामी दिनमा यस्ता समस्या नहुने खेलाडि तथा खेलकुद प्रेमीहरुको अपेक्षा रहेको छ ।





